काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको फाइनलमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स खेल्दै छन्।
त्रिवि क्रिकेट मैदानमा आज दिउँसो सवा १ बजेदेखि दुई देशबीचको खेल सुरु हुनेछ। नेपाल शीर्ष स्थानमा रहँदै फाइनल पुग्यो भने, नेदरल्याण्ड्स दोस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा नेदरल्याड्स र दोस्रो खेलमा मलेसियालाई ९ विकेटले हराएको नेपालले नेदरल्याड्ससँगको दोस्रो खेलमा ३ विकेटको हार व्यहोरेको थियो।
नेपालले खेलेका लिग चरणका ४ वटै म्याचमा शानदार ब्याटिङ गरेको छ।
नेदरल्यान्ड्ससँगको दोस्रो म्याचमा २ सय ६ रन बनाएको नेपालले मलेसियाविरुद्ध पनि २ सय १७ रन बनाएको थियो ।
नेपालले सन् २०१९ पहिलो पटक टी–२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २–१ ले जितेको थियो।