logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माधव नेपालसहित चार नेताको रिट हेर्न नभ्याइने


अंकुरण खबर
728
Shares

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटको आइतबार प्रारम्भिक सुनुवाइ हुन सकेको छैन् ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिए पनि समय अभावका कारण आज ‘हेर्न नभ्याइने’ मा परेको हो।

बिहीबार वारेस तिलकबहादुर थापामार्फत चारजना नेताले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सुनुवाइका लागि रिटलाई ३०औं नम्बरमा राखिएको थियो।

केन्द्रीय कमिटी खारेज गरेर महाधिवेशन कमिटी बनाउने तथा आफूहरूमाथि कारबाही चलाउने एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्णय पार्टी विधान र कानुन विपरीत भएको भन्दै उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।