logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सर्वोच्चमा नेपालसहित चार नेताको रिटमा बहस जारी


अंकुरण खबर
1.222K
Shares

एमाले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताले जारी गरेको रिट निवेदनमा आज सुनुवाइ भइरहेको छ ।

न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा वैशाख ९ गते दायर गरेको रिटमाथि सुनुवाइ भइहरेको हो । निवेदकका तर्फबाट अहिले वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, चन्द्रकान्त ज्ञवाली र अधिवक्ताहरु टिकाराम भट्टराई, गोविन्द बन्दिलगायतले बहस गरिरहेका छन् ।

सर्वोच्चले नेकपा एकता बदर गरेर फागुन २३ गते पार्टीलाई पूर्ववत अवस्थामा फर्काए पनि अध्यक्ष केपी शर्मा ओलीले स्वइच्छाचारी ढंगलबारे पार्टी सञ्चालन गरेको, निर्वाचित पदाधिकारीहरुलाई विधान विपरीत बर्खास्त गरेको र सांसदहरुलाई समेत विना कारण पार्टीबाट निकाल्न लागेकाले त्यसलाई रोक्न माग गरिएको छ ।

नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले दायर गरेको रिट निवेदनमा आफूहरुसहित २७ जना सांसदहरुमाथि गर्न लागिएको कारबाही रोक्न अध्यक्ष ओली र निर्वाचन आयोगलाई अन्तरिम आदेश दिन माग गरिएको छ ।