logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आईपीएल: कोलकाताले पन्जाबलाई ५ विकेटको हरायो


अंकुरण खबर
845
Shares

भारतमा जारी इण्डीयन प्रिमियर लिग टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा कोलकाता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।

अहमदाबादमा गएराति भएको खेलमा कोलकाताले पन्जाब किङ्सलाई ५ विकेटले पराजित गरेको हो ।

खेलमा पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनायो । उसका लागि मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए । कोलकाताका प्रसिद्ध कृष्णले ३ विकेट लिए ।

जवाफमा १ सय २४ रनको सामान्य लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा ग¥यो ।

कोलकाताका कप्तान इयान मोर्गनले अविजित ४७ रन जोड्दा राहुल त्रिपाठीले ४१ रन बनाए ।

जितसँगै ६ खेलबाट ४ अंक जोडेको कोलकाता अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । समान ४ अंक जोडेको पन्जाब छैटौं स्थानमा झरेको छ ।