logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अछाममा एकै विद्यालयका १६ जना विद्यार्थीमा देखियो कोरोना


अंकुरण खबर
728
Shares

अछाममा नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा संक्रमण देखिएको छ ।

अछाम बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ कालिकामा रहेको नन्दा माध्यमिक विद्यालयका १६ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विद्यालयका २५ जना विद्यार्थीमा सोमबार एन्टिजेन परीक्षण गरिएमा १० जना छात्र र ६ छात्रामा कोरोना पोजेटिभ देखिएको हो ।

विद्यार्थीमा कोरोना देखिएपछि शिक्षकहरूको पनि  संकलन गरिएको विद्यालयले जनाएको छ ।

विद्यार्थीमा टाउको दुख्ने, खोकी लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखिएका थिए। संक्रमित सबै विद्यार्थी होम आइसोलेसनमा रहेको बताइएको छ ।