logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा २० जना थुनुवामा कोभिड-१९ संक्रमण


अंकुरण खबर
1.768K
Shares

जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

कार्यालयका प्रहरी नायव उपरीक्षक भरत चौधरीका अनुसार ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो ।

उनले थुनुवामा कोरोना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयमा कडाइ गरिएको बताए । ‘प्रमुख जिल्ला अधिकारीको निर्देशनअनुसार विगतमा कार्यालयमा हुने भीड नियन्त्रण गरेका छौ,’ उनले भने, ‘विगतमा एउटै कामका लागि ४/५ जना आउने गरेका थिए । अहिले एक जनालाई मात्रै प्रवेश गर्न दिएका छौ ।’

उनले कार्यालयमा कार्यरत प्रहरी कर्मचारीको पनि परीक्षण गरिने बताए ।