logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टा थप १७ जना संक्रमितको मृत्यु


अंकुरण खबर
650
Shares

पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै हालसम्म मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार २११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज देशभर चार हजार ८९७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८७९ जनाको पिसिआर र ९ हजार ५५ जनाको एन्टीजेन परीक्षण गर्दा चार  हजार ८९७ जनालाई संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख १२ हजार ६९९  पुगेको छ । जसमध्ये हाल नेपालमा सक्रिय संक्रमितको सख्ंया ३० हजार २०९  पुगेको छ ।