logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा कोरोना संक्रमित एक महिलाले जन्‍माइन् स्वस्थ बच्चा


अंकुरण खबर
988
Shares

बाँकेमा कोरोना संक्रमित एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।

सुर्खेत, भेरीगंगा नगरपालिका ११ बस्ने २२ वर्षीया महिलाले बच्चा जन्माएकी हुन्। नेपालगन्ज मेडिकल कलेजका उपनिर्देशक डा। नितेशकुमार कनोडियाकाअनुसार महिलालाई तीन दिनदेखि ज्वरो आएको थियो।

मेडिकल कलेजमा बुधबार पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएको थियो ।

बिहीबार बिहान ७ बजेर ४० मिनेट जाँदा महिलाले बच्चा जन्माएको अस्पतालले जनाएको छ । अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको डा. कनोडियाले बताए।