बाँकेमा एकै रात ५ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ ।
भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचाररत उनीहरूको ८ घण्टाको बिचमा मृत्यु भएको हो ।
नेपालगन्ज-४ का ६० वर्षे पुरुषको राति ९ बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने यही समयमा नेपालगन्ज मेडिकल कलेजमा कोहलपुर-११ की ४३ वर्षे महिलाको मृत्यु भएको हो । त्यसैगरि भेरी अस्पतालमा राति १० बजे नेपालगन्ज-९ का ४२ वर्षे पुरुषको मृत्यु भयो भने भेरीमै मध्यराति बर्दिया बढैयातालका ३२ वर्षे पुरुषको मृत्यु भएको हो ।
भेरी अस्पतालमै नेपालगन्ज-५ का ५५ वर्षे पुरुषको पनि बिहीबार बिहान ५ः३० बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जनाएका छन् ।
मृतक थपिएसँगै बाँके जिल्लामा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या १०६ पुगेको छ भने बाँकेमा उपचारका क्रममा मृत्यु भएका बाहिरी जिल्लाको मृत्यु संख्या १०९ पुगेको छ ।