मोरङमा कारोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत एक महिलाको शुक्रबार बिहान मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–७ की ५४ वर्षीया महिलाको उपचारका क्रममा बिहान ३ स्३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ ।
कोरोना पुष्टि भएसँगै उनी गत वैशाख १४ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए ।