logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्यमा सुधार


अंकुरण खबर
793
Shares

कोभिड-१९ संक्रमित कलाकार मदनकृष्ण श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ।

अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार आएको महजोडी कलाकार हरिवंश आचार्यले जानकारी दिए।

उनले भने, ‘उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ। अहिले अक्सिजन लेबल पनि ठीक छ। कमजोरी त धेरै नै छ दाइलाई। तर आत्तिहाल्नु पर्ने अवस्था भने छैन। आज वा भोलिसम्म अस्पतालले डिस्चार्ज गर्छ होला ।’

११ दिनअघि श्रेष्ठसहित उनका परिवारका ५ जनालाई संक्रमण पुष्टि भएको थियो। मदनकृष्णको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।