गायक प्रकाश सपूत कोरोना भाइरस संक्रमित भएका छन् । उनले फेसबुकमार्फत आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि गरेका हुन् ।
उनले भनेका छन् , काठमाडौं मेडिकल कलेज (केएमसी) का अनुसार मेरो पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको छ । सर्वप्रथम त यो बीचमा मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबै जनाले पीसीआर टेस्ट गर्नुहोला।
उनले शरीर दुख्ने, गल्ने, छटपटि हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाईटी फिल भएपछि पीसीआर परीक्षण गरेको बताएका छन् । उनले आफू अहिले होम आइसोलेसनमा रहेको र अवस्था सामान्य रहेको बताएका छन् ।
उनले कोरोना भाइरसलाई सामान्य नठान्न समेत आग्रह गरेका छन् । सपूतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, कोरोना जित्न सकिन्छ भन्ने आत्मबल त राखौ तर यसलाई सामान्य भने नठानौ । किनकि लक्षण सामान्य भएपनि यसले निकै हतोत्साहि बनाउने रहेछ । सतर्कता अपनाउ । सुरक्षित बसौ ।’