भारतमा जारी १४औँ सिजनको आईपीएलको २८औँ म्याचअन्तर्गत आज हुने दोस्रो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुनेछ ।
दिल्लीविरुद्ध पञ्जाबको प्लेइङ–११ मा केही परिवर्तन देख्न पाइने सम्भावना छ । दिल्लीको सम्भावित प्लेइङ–११ पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, साम बिलिङ्स, ललित यादव, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान र इशान्त शर्मा छन्।
पञ्जाबको सम्भावित प्लेइङ–११ मयंक अग्रवालरप्रभासीमरण सिंह, केएल राहुल (कप्तान), क्रिस गेल, डेविड मलान, दीपक हूडा, शाहरुख खान, हरप्रीत ब्रार, क्रिस जोर्डन, झय रिचर्डसनररिले मेरिडीथ, रवि विश्नोई र मोहम्मद शामी छन् ।
यस्तै, आजै हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजेदेखि दिल्लीमा सुरू हुनेछ ।