logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाङमा थप दुई संक्रमितको मृत्यु


अंकुरण खबर
910
Shares

दाङ जिल्लामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत थप दुईजना संक्रमितको आज मृत्यु भएको हो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका-९ का ४६ वर्षीय पुरुष र घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुष रहेको कोरोना अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

तुलसीपुरका पुरुष हिजोदेखि अस्पतालमा उपचाररत थिए । उनको आज दिउँसो पौने १ बजे मृत्यु भएको हो । त्यस्तै, घोराहीका पुरुष गत वैशाख १२ गतेदेखि अस्पतालको सघन कक्षमा उपचाररत थिए । उनको आज बिहान साढे ८ बजे मृत्यु भएको हो ।

यसैबीच कोरोना अस्पतालमा उपचारत ४० जना कोरोना संक्रमितको ज्यान जोखिममा रहेको व्यवस्थापक वलीले जानकारी दिए । अक्सिजन अभाव हुँदा सङ्क्रमितको ज्यान जोखिममा परेको बताइएको छ।

हाल कोरोना अस्पताल बेलझुण्डीमा ५९ जना कोरोनाका बिरामीहरु उपचाररत छन् ।