logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्यटन मन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण


अंकुरण खबर
2.301K
Shares

ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका भानुभक्त ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्री ढकालसँगै उनकी पत्नी इन्दिरा फूयाँललाई पनि कोभिड पोजेटिभ देखिएको छ।

आइतबार गरिएको स्वाब परीक्षणमा कोभिड पोजेटिभ देखिएको हो।

पीसीआर परीक्षण गराउँदा आफूमा कोरोना पुष्टि भएको मन्त्री ढकालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

कोरोना पुष्टि भएपछि मन्त्री ढकाल घरमै आइसोलेनमा बसेका छन्।