logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मलामी गएका एकै गाउँका ३१ जनामा कोरोना संक्रमण


अंकुरण खबर
1.391K
Shares

महोत्तरीमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको मलामी गएका ३१ जनामा कोरोना संक्रमण भएको छ ।

गत बुधबार कोरोनाबाट मृत्यु भएका व्यक्तिको मलामी गएका एकै गाउँका ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

मनरासिस्वा नगरपालिका–९ स्थित बथनाहा गाउँमा एकैसाथ ३१ जनामा कोरोना संक्रमण देखिएपछि गाउँभरि नै त्रास फैलिएको स्थानीयवासीले बताएका छन् ।

बुधबार स्थानीय ६६ वर्षीय एक वृद्धको कोरोनाबाट मृत्यु भएको थियो।

मलामीमा गएका ६०/७० जनामध्ये ४५ जनाले पिसिआर जाँच गराउँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।