प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
सोमबार अपरान्ह ४ बजेका लागि मन्त्रिपरिष बैठक बोलाएका प्रधानमन्त्रीले त्यसअघि देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन् ।
कोरोना भाइरसको महामारी तीव्र गतिमा बढेसँगै आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाइएको बताइएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने आजको बैठकले देशमा स्वास्थ्य संकटकाल लगाउने सम्भावना छ ।