logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पहिलो पटक म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा


अंकुरण खबर
949
Shares

पहिलो पटक इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी युरोपेली क्लब प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

घरेलु मैदान इथिहाड रंगशालामा भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई दोस्रो लेगको खेलमा २–० ले हराएको सिटी ४–१ को अग्रतासहित फाईनल पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरे ।

खेलको ११औँ मिनेटमा महरेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेज सिटीको जित सुनिश्चित गरे ।

पीएसजीका विश्वस्तरीय स्ट्राइकर केलियन एम्बाप्पे चोटका कारण बेन्चमै सीमित भएका थिए ।  अलेक्जान्दर जिनचेन्कोले बक्सभित्र ह्याण्ड गरेपछि पेनाल्टी दिने रेफ्रीको निर्णय असिस्टेन्ट रेफ्री (भार)ले उल्टाउनु अघिको समयमा पीएसजीले कडा टक्कर दिएको थियो ।

२९ मे मा इस्तानबुलमा हुने फाइनलमा सिटीले चेल्सी र रियल मड्रिडबीचको विजेतासँग खेल्नेछ । पहिलो लेगमा चेल्सीले घरेलु मैदानमा रियलसँग १–१ गोलको बराबरी खेलेको थियो ।