logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२७ गते हुने प्रतिनिधिसभा विशेष अधिवेशनको लागि आज सांसदहरुको कोरोना परीक्षण हुने


अंकुरण खबर
1.768K
Shares

बैशाख २७ गते हुने प्रतिनिधिसभाको विशेष अधिवेशनका लागि आज र भोलि सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ ।

संघीय संसद सचिवालयले संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म पिसिआर परिक्षण हुने जनाएको छ ।

आज सभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभा र राष्ट्रियसभाका सम्पूर्ण सदस्य, महासचिव, सचिव, कार्यव्यवस्था परामर्श शाखा र सांसद व्यवस्थापन शाखासहित संसद् सचिवालयका सम्पूर्ण कर्मचारीको परीक्षण हुने जनाइएको छ ।

यस अघि पनि सांसद्हरुको कोरोना परीक्षण गरिएको थियो ।