दाङमा कोरोनाभाइरसको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा घोराही-९ का ६५ वर्षीय पुरुष, घोराही-१५ का ६५ वर्षीय पुरुष, घोराही-१८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका-४ का ४० वर्षीय पुरुष रहेका छन् । उनीहरुको बेलझुन्डीस्थित कोरोना विशेष अस्पतालमा बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट ज्यान गुमाएका ४ जनामा नै निमोनिया देखिएको अस्पतालले जनाएको छ ।