कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।
पर्वतको जलजला गाउँपालिका ३ वडा का ६३ वर्षीय पुरुष, पर्वतकै कुश्मा नगरपालिका ९ वडा का ५३ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरि तनहुँको व्यास नगरपालिका वडा नम्बर १ का ६० वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निदेर्शनालय गण्डकी प्रदेशले जनाएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ८६० पुगेको छ । जस मध्ये १७ हजार ३०२ निको भएका छन् भने ती हजार ३१७ जना संक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ।