कोरोना विशेष

कोरोनाबाट संसद सचिवालयका उपसचिव खनालको मृत्यु

कोरोना भाइरस संक्रमणबाट संघीय संसद सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको ज्यान गएको छ । खनाल कानुनतर्फका उपसचिव हुन् ।

संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले केही दिनअघि स्वाब दिएका उपसचिव खनालमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका छन् ।

चन्द्रागिरी नगरपालिका –१२ निवासी खनाल होम आइसोलेसनमा रहेकै बेला उनमा एक्कासी स्वास्थ्यमा समस्या आएको र कलंकीस्थित शहीद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता पाडेले जानकारी दिए ।

ढिलोगरी आएको एम्बुलेन्समा अक्सिजन नभएको कारण उपसचिव खनालको बाटोमै मृत्यु भएको बताइएको छ ।

Comment here