logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुपर लिगः एफसी चितवनविरुद्ध पोखरा थन्डर्स भिड्ने


अंकुरण खबर
1.521K
Shares

नेपाल सुपर लिग (एनएसएल) मा शुक्रबार पोखरा थन्डर्स र एफसी चितवन भिड्दै छन्।

खेल, काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा साँझ साढे ५ बजे हुनेछ।

आजको खेलमा पोखरा ‘गर या मर’को अवस्थामा छ। आजको खेलमा जित निकाल्न सके पोखराको शीर्ष चारमा स्थान बनाउने सम्भावना कायमै छ।

जितका बाबजुद शीर्ष चारमा पुग्न पोखराले अन्य खेलको नतिजा समेत कुर्नुपर्नेछ। हारको नतिजाले भने पोखराको एनएसएल यात्रा यही टुङ्गिनेछ।

लिगका ५ खेलमा १ मा जित, दुई खेलमा हार र दुई खेलमा बराबरी गरेको पोखरा ५ अंकमा छैटौँ स्थानमा छ। पोखराले पछिल्ला खेलमा उत्कृष्ट प्रर्दशन गरे पनि फिनिसिङमा चुक्दा नतिजा आफूअनुकूल निकाल्न सकेको छ।

उता जितविहीन रहेको चितवन पहिलो जितको खोजीमा छ। २ खेलमा हार भोगेको चितवन २ खेलमा बराबरी गर्दै २ अंकमा तालिकाको पुछारमा छ।

लिगमा यसअघि नै धनगढी एफसी र काठमाडौ रेजर्सले भने प्ले अफमा स्थान बनाइसकेका छन्।