logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संवैधानिक परिषद्को बैठक स्थगित गर्न माओवादीको माग


अंकुरण खबर
611
Shares

संवैधानिक परिषद्को बैठक स्थगित गर्न नेकपा माओवादी केन्द्रले माग गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले आइतबारका लागि आह्वान गरेको संवैधानिक परिषद् बैठक स्थगित गर्न माग गरेका हुन् । प्रचण्डले परिषद्का सदस्यहरुलाई बैठकमा नजान पनि आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल कांगे्रस र सभामुखले बैठकमा भाग नलिने निर्णय गरिसकेको भन्दै प्रचण्डले बैठक स्थगित गर्न सरकारसँग माग गरेका छन् । उनले संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सदस्यहरुसँग आग्रह गरेका छन् ।

प्रचण्डले संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गर्दै आएको भन्दै बैठक स्थगित हुनुपर्ने बताएका छन् ।