logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल समूहको बैठक बस्दै, सामूहिक राजीनामा बारे छलफल हुने


अंकुरण खबर
1.066K
Shares

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि रणनीति बनाउन एमालेका बरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहको बैठक बस्दै छ ।

आइतबार काठमाडौंमा नेपाल–खनाल समूहका स्थायी कमिटीका सदस्यहरूको बैठक बसेर सांसदहरूले राजीनामा दिनेबारेको विषयमा छलफल हुने बताइएको छ । तर समय भने निश्चित भएको छैन ।

नेपाल समूहले जेठ २ गते २०७५ मा फर्कन अध्यक्ष ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरू तयार भएका छन् ।