logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्याङ्जामा कोरोनाबाट थप दुई जनाको मृत्यु


अंकुरण खबर
871
Shares

कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका २ जनाको मृत्यु भएको छ।

दुबैजना संक्रमितको उपचारका क्रममा निधन भएको हो। वालिङ नगरपालिकाका एक पुरुष र गल्याङ नगरपालिकाका एक महिलाको कोरोना उपचारका क्रममा शनिबार मृत्यु भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।

वालिङ्का ३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरी, गल्याङ नगरपालिका ३ का ६० वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ती महिलामा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै दोस्रो चरणको कोरोना संक्रमणका कारण स्याङजामा ७ जनाको मृत्यु भइसकेको छ।