logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विवेकशील साझाको एकता महाधिवेशन स्थगित


अंकुरण खबर
1.625K
Shares

विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको छ।

जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी गरिएको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित भएको हो ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष २४ मंसिरमा एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको थियो।

अहिले कोरोना भाइरस संक्रमणको तीव्र फैलावटले अत्यन्तै प्रतिकूल अवस्था सिर्जना भएको र ठूलो संख्यामा भेला हुने गरी महाधिवेशन आयोजनाको अवस्था नरहेकाले २५ वैशाखमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन जेठमा गर्न नसकिने निर्णय गरेको विवेकशील साझाले बताएको छ ।

परिस्थिति सहज बनेपछि अनुकूलता हेरी केन्द्रीय समितिबाट महाधिवेशनको अर्को मिति तोकिने बताइएको छ ।