logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्रीलाई विश्वासको पक्षमा मतदान गर्न एमालेको ह्विप


अंकुरण खबर
1.326K
Shares

नेकपा एमालेले भोलि प्रधानमन्त्रीले लिने विश्वासको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्विप जारी गरेको छ।

संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्रीका पक्षमा मतदान गर्न एमालेका सांसदहरुलाई ह्विप जारी गरेका हुन्।

एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने तयारी गरेपछि ह्विप जारी गरिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि २७ गते संसदको विशेष अधिवेशन बोलाएर विश्वासको मत लिँदैछन्।