logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सल्यानमा होम आइसोलेसनमा बसेका दुई संक्रमितको मृत्यु


अंकुरण खबर
2.99K
Shares

कोरोना संक्रमित भइ होम आइसोलेसनमा बसेका सल्यानका दुई जना महिलाको आइतबार मृत्यु भएको छ ।

कपुरकोट गाउँपालिका–३ की ४० वर्षीया र सिद्धकुमाख गाउँपालिका–२ की ४१ वर्षीया महिलाको मृत्यु भएको हो ।

दुवै महिला सामान्य अवस्थामा भएकाले केही दिन अघिदेखि मात्र होम आइसोलेसनमा बसेको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले जानकारी दिएका छन् ।

कपुरकोटकी महिलाको वैशाख १७ गते र सिद्धकुमाखकी महिलाको २१ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

अहिलेसम्म सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको र होम आइसोलेसनमा बस्ने क्रममा मृत्यु हुनेको संख्या भने ३ जना पुगेको सूचना अधिकारी डिसीले जानकारी गराए ।

कोरोनाबाट १६ जनाको मृत्यु भएकोमा जिल्लाभित्र १२ र बाहिर चार जनाको कोरोनाबाट मृत्यु भएको उनको भनाइ छ । जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको झन्डै ५ सय पुगेको छ ।