logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीमा विशेष अधिवेशन बोलाउन विपक्षी दलहरुको माग


अंकुरण खबर
1.118K
Shares

लुम्बिनी सभाका विपक्षी दलले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन्।

विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुनः अविश्वास प्रस्ताव दर्ता गर्दै सो प्रश्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आइतबार प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई भेटी वैशाख ६ गते र आइतबार नै दर्ता भएको अश्विास प्रस्तावमाथि प्रदेशसभामा छलफल गर्न माग गरेका छन्।

विपक्षी दलहरुले आइतबार नै ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्।