पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली नेतृत्वको वर्तमान सरकार पूर्ण असफल भएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्रयोजनका लागि बोलाइएको संसदको विशेष अधिवेशनमा सम्बोधन गर्दै सभापति देउवाले दुई तिहाइको बहुमतको नजिक भएको सरकार तीन वर्षमै यो अवस्थामा पुग्नु भनेको सरकार पूर्ण असफल भएको बताएका हुन्।
‘५ वर्षको म्यान्डेट लिएर दुईतिहाइ बहुमत नजिकको सरकार ३ वर्षमै अविश्वासको मत आउनु स्वएम् प्रधानमन्त्री नै जिम्मेवार हुनुहुन्छ’, वर्तमान सरकार भ्रष्टाचार र कुशासनमा लिप्त रहेको आरोप लगाउँदै देउवाले भने, ‘यो अवस्था तपाईले सिर्जना गर्नुभएको राजनीतिक दम्भ, कुशासन र भ्रष्टाचारका कारण होइन ?’
उनले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार भएको, व्यापारिक घरानालाई पोस्नका लागि नेपाली जनताको ज्यान जोखिममा पारिएको आरोपसमेत लगाए ।