logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओलीद्वारा संसदमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत


अंकुरण खबर
663
Shares

प्रधानमन्त्री केपी ओलीले विश्वासको मतका लागि संसद बैठकमा प्रस्ताव प्रस्तुत गरेका छन् ।

सोमबार शुरु भएको प्रतिनिधिसभाको विशेष अधिवेशनको दोस्रो बैठकमा ओलीले प्रस्ताव पेस गरेका हुन् ।

सरकारलाई विश्वासको मत दिनु नपर्ने कुनै कारण नभएको भन्दै प्रधानमन्त्री ओलीले दलगत आबद्धताभन्दा माथि उठेर विश्वासको मत दिन आह्वान गरे । सरकारले देश र जनताको लागि धेरै काम गरेको ओलीको दाबी छ ।

राष्ट्रियताको सवालमा समेत नेपाल विश्वमा देखिन र सुनिन थालेको बताउँदै उनले सरकारलाई विश्वास नगर्नुपर्ने कुनै कारण नभएकाले विश्वासको मत दिन आह्वान गरे ।