चितवनमा कोरोनाका कारण एक दिनको फरकमा बाबु–छोराको मृत्यु भएको छ ।
चितवनको रत्ननगरमा ७० वर्षीय बुबा बितेको भोलिपल्ट ३९ वर्षीय छोराको मृत्यु भएको हो ।
रत्ननगर नगरपालिका–३ शान्तिचोक घर भएका ७० वर्षीय बुबामा निमोनियाको लक्षण देखिएपछि आइतबार बिहान पिसिआर परीक्षणका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको थियो ।
त्यस्तै गत २१ वैशाखमा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएकोमा छोराको उपचारका क्रममा सोमबार बिहान ३ बजे मृत्यु भएको हो । उनी २४ वैशाखमा चितवन मेडिकल कलेजमा भर्ना भएका थिए ।