logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नयाँ सरकार गठन जसपाको प्राथमिकता होइन : अध्यक्ष ठाकुर


अंकुरण खबर
650
Shares

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नयाँ सरकार गठन आफ्नो पार्टीको प्राथमिकता नरहेको बताएका छन् ।

अध्यक्ष ठाकुरले हिजो (सोमवार) राती विज्ञप्ति जारी गर्दै जसपा नेपाल सत्ता प्राप्तिभन्दा एजेण्डा सम्बोधनको विषयमा केन्द्रीत रहेको बताएका हुन्।

वैकल्पिक सरकारमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल भएको समेत अध्यक्ष ठाकुरद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘वैकल्पिक सरकारमा सहभागी हुनु मधेश आन्दोलनको मर्म र भावना प्रतिकुल हो भन्ने हाम्रो ठहर छ । त्यस्तो कार्यबाट झन् अस्थिरता हुने तथा एजेण्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धँकेलिने निश्चितप्रायस् छ ।’ विज्ञप्तिमा जनाइएको छ ।

जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले सरकार निर्माणमा लाग्ने भन्दै कांग्रेस र माओवादी केन्द्रसँगै संयुक्त विज्ञप्ति जारी गरेलगतै ठाकुरले मध्य रातमा विज्ञप्ति जारी गरी नयाँ गठवन्धनमा सहभागी नहुने बताए ।