कोभिड-१९ को पीसीआर विधिबाट परीक्षण गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले परीक्षण स्थगित गरेको छ ।
अस्पतालले एक सूचना जारी गर्दै विशेष कारणबस अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको जनाएको छ ।
‘अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले किटको अभावका कारण केही दिनको लागि परीक्षण स्थगित गरेको जनाएका छन् । किट आएपछि पुनः परीक्षण गरिने छ ।