logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनमोर्चाका सांसद थापाले सहयोग नगर्ने भएपछि गण्डकीमा विपक्षीको सरकार नबन्ने


अंकुरण खबर
663
Shares

गण्डकी प्रदेशमा राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले हस्ताक्षर नगरेपछि विपक्षी गठबन्धनको सरकार नबन्ने देखिएको छ।

सांसद कृष्ण थापाले विपक्षी गठबन्धनलाई नसघाउने भएका जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए।

उनले साथ नदिने भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को बहुमत पुग्दैन। बहुमतको लागि ३१ सांसद चाहिनेमा उनले मत नहाल्दा ३० सांसद मात्र पुग्छन्।

जनमोर्चाका बाँकी दुई सांसद खिमविक्रम शाही र पियारी थापाले हस्ताक्षर संकलन गरेका थिए। अब गण्डकीमा फेरि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नै दोहिरिने संकेत देखिएको छ। उनले आइतबार पदबाट राजीनामा दिएका थिए।

बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकार गठन गर्न आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी थिइन्।