logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना


अंकुरण खबर
2.093K
Shares

कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार सङ्क्रमितमध्ये एक हेल्थ असिस्टेन्ट तथा अन्य अनमी छन् । सङ्क्रमित स्वास्थ्यकर्मी सबैलाई होम आइसोलेशनमा राखिएका छन् । उनीहरुको अवस्था जटिल नभएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जोरायलमा दुई, केआइसिंहमा तीन, आदर्शमा चार, बडिकेदारमा एक तथा पूर्वीचौकी गाउँपालिकामा दुई गरी १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि नागरिकलाई उपचार सेवा पाउन सकस भएको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै सङ्क्रमण भएपछि अन्य बिरामीको उपचारमा समस्या भएको जिल्ला अस्पतालका फोकल पर्सन राजेन्द्र फुलाराले बताए ।