logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना संक्रमणबाट शिक्षिकाको मृत्यु


अंकुरण खबर
1.014K
Shares

कोरोना संक्रमणबाट कैलालीमा एक शिक्षिकाको मृत्यु भएको छ।

अत्तरियामास्थित एक स्कुलमा अध्यापनरत गोदावरी नगरपालिका-१ की कोरोना संक्रमित महिलाको मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि केही दिन पहिले मालाखेती अस्पतालमा भर्ना भएकी उनलाई मालाखेती अस्पतालबाट धनगढीको माया मेट्रो अस्पतालमा रेफर गरिएको थियो।

थाइराइडबाट ग्रस्त उनको अक्सिजन लेवल निकै घटेको थियो। उनको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ।