logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाल सुपर लिगको दोस्रो प्लेअफ आज


अंकुरण खबर
1.066K
Shares

पहिलो संस्करणको नेपाल सुपर लिग एनएसएलको दोस्रो क्वालिफायर खेल आज हुँदै छ ।

समूह चरणको खेल सकिँदा तेस्रो र चौथो स्थानमा रहेका टिमबीच दोस्रो क्वालिफायर खेल हुन लागेको हो ।

दोस्रो क्वालिफायरको विजेताले फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित भएको काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्ने छ । काठमाडौंलाई पहिलो क्वालिफायरमा पराजित गर्दै धनगढीले फाइनलमा भने स्थान सुरक्षित गरिसकेको छ ।

दशरथ रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो क्वालिफायरमा तेस्रो स्थानको ललितपु र चौथो स्थानको बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुने छ ।

सुरुआती चार खेलमा जितविहनी रहेको ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईंलाई बर्खास्त गरेपछिको लगातार २ खेल जितेर प्लेअफमा छनोट भएको हो भने निर्णायक खेलमा धनगढी एफसीलाई पराजित गरी बुटवल लुम्बिनी चौथो स्थानमा रहेर प्लेअफमा स्थान सुरक्षित गरेको थियो ।

लिग चरणमा भेट हुँदा बुटवल लुम्बिनीलाई ललितपुरले १–० गोल अन्तरले पराजित गरेको थियो ।
आजको खेलको विजेता टोलीले भोलि नै इलिमिनेटर खेलमा फाइनल प्रवेशका लागि काठमाडौं रेजर्ससँग खेल्नुपर्नेछ ।