logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेश प्रमुखलाई जनमोर्चा सांसद थापाले पठाए तटस्थ रहेको पत्र


अंकुरण खबर
3.068K
Shares

गण्डकी प्रदेशको राजनीतिमा उथलपुथल आइरहेका बेला राष्ट्रिय जनमोर्चाका नामबाट दुईथरी दावी प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

संसदीय दलका नेता कृष्ण थापालाई हटाएको पत्र प्रदेश सभा सचिवालयमा बुझाएर सोही अनुसारको दलीय समर्थनको दावी लिएर प्रदेश प्रमुखको कार्यालयमा विपक्षी दल पुगेका छन् ।

तर जनमोर्चाले हटाएको भनिएका दलका नेता थापाले प्रदेश प्रमुखलाई अर्को पत्र पठाई गैर कानुनी काम कारवाहीलाई मान्यता नदिन आग्रह गरेका छन् ।

थापाले आफू पार्टीको कामको सिलसिलामा बागलुङमा रहेको अवस्थामा गैर कानुनी रुपमा किर्ते जालसाजी गरी दलको नेताबाट हटाइएको कारवाहीलाई वैधानिकता नदिन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

उनले सरकार निर्माणको विषयमा आफू कुनै गठबन्धनमा नलागि तटस्थ रहेको समेत जानकारी गराएका छन् ।