logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सस्तोमा ग्राहकलाई डाटा प्याकेज उपलव्ध गराउँदा पनि नेपाल टेलिकमको नाफामा बृद्धि


अंकुरण खबर
1.157K
Shares

नेपाल टेलिकमले आफ्नो नाफामा बृद्धि हुनुका साथै आयमा ७ प्रतिशतले बृद्धि भएको जनाएको छ ।

तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै टेलिकमले कम्पनीको नाफामा बृद्धि भएको जनाएको हो ।

महामारीलाई लक्षित गरी कम्पनीले निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराउँदा अघिल्लो वर्षको तुलनामा डाटाको खपत बढेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले चालु आ.व.को पहिलो र दोस्रो त्रैमासिकमा खुद मुनाफा १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ र १ अर्ब ७७ करोड १६ लाख २५ हजार ७९ रुपैयाँ पुर्याएको थियो । त्यस्तै चालु आ.व.को तेस्रो त्रैमासिक अवधिमा खुद मुनाफा दोस्रो त्रैमासिकको भन्दा ८२ करोड ३४ लाख ५२ हजार ३ सय ७० ले वृद्धि गरी २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ पुगेको जनाएको छ ।

समीक्षा अवधिमा वाह्य स्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत सम्भार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटही दरमा आएको परिवर्तन तथा फोर जी, एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको पनि कम्पनीले जनाएको छ ।

त्यस्तै महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तर आवद्ध सेवामा भारी गिरावट आएको कम्पनीले जनाएको छ ।