logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीको राजनीतिक चातुर्यले उधारो उपलब्धिमा नेपाल


अंकुरण खबर
1.976K
Shares

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि एक पटक आफ्नो राजनीतिक चातुर्य प्रदर्शन गर्दै दलभित्रको विवाद मिलाउन सफल भएका छन् ।

दलभित्रको विवाद मिलाउँदा उधारो सहमति गरिँदैनु भन्दै अडान राख्ने वरिष्ठ नेता माधवकुमार नेपाल ओलीलाई तेस्रो पटक प्रधानमन्त्री बन्ने बाटो खोल्न वाध्य भएका छन् ।

अहिलेको निम्ति एमालेको पूर्ववत संरचना ९२०७५ जेठ २० मा फर्कन ओली तयार हुनु नै नेपालका लागि उपलब्धि जस्तो देखिएको छ ।

तर, ओलीले आफ्नो राजनीतिक उद्देश्य पूरा गर्ने क्रममा अनुकूलता हेरेर मात्र नेपालका सर्त पालना गर्नेछन् । तत्काल राजीनामा गरेर नयाँ राजनीतिक मार्गचित्र बनाउने कोसिस गरिरहेका नेपाल र अर्को वरिष्ठ नेता झलनाथ खनालभन्दा पनि उनीहरु पक्षका युवा नेताहरु पद छाड्नै नसक्ने स्थिति भएपनि ओलीसँग सहमति गरेर जानुको विकल्प नरहँदा कार्यदल बनाएर उठेका विवाद समाधान गर्ने सहमति भएको हो । नागरिक दैनिकबाट।