logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्सामा थप १६५ जनामा संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

पर्सामा आज एकैदिन १५६ कोरोना संक्रमित भेटिएका छन् ।

जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको २८८ वटा स्वाबको नमुना नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला संक्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये सबैभन्दा बढी पर्साका ११४, बाराका ३२, रौतहटका चार र सप्तरी तथा महोत्तरीका एक-एक जना रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

भेटिएका संक्रमितमध्ये ८० प्रतिशतभन्दा बढीमा उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या तथा कडा निमोनियाजस्ता लक्षण रहेको उनले बताए । रासस