नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको हो ।
नेपालमा कोरोना संक्रमितमध्ये १.८ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ ।
यस्तै, गत २४ घण्टामा देशभर सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।