लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत थप दुई कोरोना संक्रमितको ज्यान गएको छ।
आकस्मिक कक्षमा भर्ना भएका एक महिला र एक पुरुषको सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
सैनामैना-१ रुपन्देहीका ३८ वर्षीय पुरुषको बिहान ६:३० बजे र सिद्धार्थनगरपालिका ६५ वर्षीय महिलाको बिहान ६:४५ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनका अनुसार दुवैमा श्वासप्रश्वासको समस्या थियो।
योसँगै रुपन्देहीमा कूल मृतक संख्या ३ सय ५३ पुगेको छ।