logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण


अंकुरण खबर
1.391K
Shares

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कोरोना संक्रमित भएपछि एक सातादेखि होम आइसोलेसनमा छन्।

प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको वैशाख २७ स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

उनको निजी सचिवालयले मुख्यमन्त्री भट्ट एक सातादेखि होम आइसोलेसनमा रहेको जनाएको छ।

भट्टका स्वकीय सचिव शिवसिंह ओलीले कोरोना संक्रमित भएपछि मुख्यमन्त्रीले घरबाटै काम गरिरहेका बताए।

भट्ट केही दिनदेखि अस्वस्थ थिए। उनमा खोकी, ज्वरोसहित लक्षण देखिएका छन्।

उनको परिवारका अरूलाई भने संक्रमण देखिएको छैन।