logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर एकैदिन ८ लाख ३२ हजार कोरोना संक्रमित निको भए


अंकुरण खबर
650
Shares

विश्वमा कोरोना भाइरस संक्रमणबाट एकैदिन १० हजार ३ सय १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना संक्रमणबाट १० हजार ३१२ को मृत्यु भएको हो ।

त्यस्तै, विगत २४ घण्टामा विश्वभर ५ लाख २५ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । केही दिनदेखि विश्वभर कोरोना संक्रमण घट्दो क्रममा रहेको देखिएको छ ।

हालसम्म विश्वभर १६ करोड ४२ लाख ५५ हजार २७ मा कोरोना संक्रमण भएको छ । त्यस्तै, १४ करोड ४१ लाख ६७ हजार ८८७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

मंगलवार बिहानसम्म विश्व स्वास्थ्य संगठनले दिएको तत्थ्यांक अनुसार ३४ लाख ३ हजार ७०८ जनाको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ५ हजार २१५ जनाको ज्यान गएको छ । १ लाख १३ हजार ४८० सक्रिय संक्रमित रहेका छन् भने ४ लाख ६४ हजार २१८ जनामा संक्रमण भइसकेको छ ।

त्यस्तै, ३ लाख ४५ हजार ५२३ जना संक्रमित निको भइसकेका छन् ।