logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु


अंकुरण खबर
1.222K
Shares

नेपाली श्रमिकहरुको रोजगारीको प्रमुख गन्तब्य कतारमा कोरोना संक्रमणबाट ५ सय ३२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएसंगै मृतकको सङ्ख्या ५ सय ३२ पुगेको हो ।

पछिल्लो २४ घण्टामा थप ३०२ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १३ हजार ४८५ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै ७ सय १९ जना संक्रमण मुक्त भएका छन् । योसंगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख ७ हजार ७९६ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा ५ हजार १५७ वटा ‘एक्टिभ’ केस रहेका छन् भने ३३९ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये १९६ जनाको आईसीयूमा उपचार भैरहेको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान नेपाली दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म २० लाख ७३ हजार ३५४ जनाले कोरोनाविरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिकसहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइएको छ ।