गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
गृहमन्त्री थापा कोटेश्वरस्थित नेता नेपालको निवासमा पुगेका हुन् । जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका विषयमा छलफल गर्न थापा नेपालको निवास पुगेको बताइएको छ ।
यसअघि नेता नेपालसहितको सहमतिमा नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट खिमलाल देवकोटा उम्मेदवार बनेका थिए । देवकोटा नेपाल निकट हुन् ।
तर, एमाले विवाद समाधानतर्फ बढेपछि माधव नेपाल समूहले पनि बादललाई नै मत दिने बताउँदै आएको छ । माओवादी केन्द्रले भने देवकोटालाई मतदान गर्न आग्रह नै गरिसकेको छ ।