logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकीमा थपिए ९५९ जना कोरोना संक्रमित, १५ जनाको मृत्यु


अंकुरण खबर
910
Shares

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १५ जनाले कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका छन्।

ज्यान गुमाउनेमा वागलुङका ४ जना, कास्कीका ३ जना, मुस्ताङ, तनहुँ र नवलपरासीका २–२ जना छन्। पर्वत र स्याङ्जाका १–१ जनाले ज्यान गुमाएका छन्।

प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा ९ सय ५९ जना संक्रमित थपिएका छन्। कास्कीका ४ सय १७, वागलुङका १ सय २३ तथा तनहुँका १ सय १२ जना थपिएका हुन्।

पछिल्लो समय मनाङमा संक्रमित पहिचान भएका छैनन् भने, मुस्ताङमा एकजना महिला संक्रमित भेटिएकी छन्।